सुन प्रतितोला ९९ हजार १ सयमा कारोबार

काठमडौं । स्थानीय बजारमा सुनको मूल्य आज एक हजार रुपैयाँ बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाला सुनको मूल्य एक हजार रुपैयाँ वृद्धि भएको हो ।

बिहीबार प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज ९९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९७ हजार ८०० रुपौयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला १५ रूपयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ३४५ रुपैयाँमा करोबार भएको छ । त्यस्तै हिजो प्रतितोला एक हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

३०० सीमान्तकृत युवाहरूको डिजिटल सशक्तिकरण र रोजगारी दिइने (भिडियोसहित)

काठमाडौं । क्लाउडफ्याक्ट्री नेपालद्वारा स्किल ल्याब एशियासँगको साझेदारीमा ‘क्लाउडफ्याक्ट्री नेपाल डिजिटल सशक्तिकरण अभियान’ सुरुवातको घोषणा …

प्रतिकृया दिनुहॊस