काठमाडौँ । बाजुरामा मतगणना सुरु हुने सर्वदलीय सहमति भएको छ । सहमति अनुसार भएपछि अहिले साढे ३ बजेबाट मतगणना सुरु हुन लागेको हो । यसअघि पटक पटक बसेको सर्वदलीय बैठकमा पनि सहमति जुट्न सकेको थिएन्।
निर्वाचन आयोगले बुधबार बाजुरामा पुनः मतदान नगर्ने निर्णय गर्दै गणना सुरु गर्न निर्देशन दिएको थियो। तर अझैसम्म मतगणना सुरु हुन सकेको छैन। बुधबारको बैठकमा पनि एमालेका प्रतिनिधि सहभागी भएका थिएनन्।
मतदानको दिन हत्या गरिएका एमाले निकट अनेरास्ववियुका चेतन ऐडीको घटनामा संलग्न दोषिलाई कानूनी दायरामा ल्याउनु पर्ने माग गर्दै एमाले आन्दोलनमा छ।
तपाईंको प्रतिकृया




