स्याङ्जा-२ मा धनराज भन्दा ६०१ मतान्तरले पद्मा अगाडि

काठमाडाैँ । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ मा मतदान भएको १० दिनपछि मतगणना शुरु भएको छ । निर्वाचन आयोगको निर्देशनपछि बुधबार राति ११ बजेबाट मतगणना थालिएको हो ।

नेकपा एमालेकी पद्मा अर्यालले शुरुवाती अग्रता लिएकी छन । अर्यालले २,३०४ मत ल्याएर अग्रता लिएकी हुन् । नेपाली कांग्रेसका धनराज गुरुङले १,७०३ मतसहित दोस्रो स्थानमा छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत पाएका छन् ।

स्याङ्जा –२ चापाकोटका ४ वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गरेका थिए ।

ती चार बुथमा अस्वाभाविक मत खसेको र प्रहरी प्रशासन पनि मूकदर्शक बनेको उनीहरूको आरोप थियो । अरु क्षेत्रमा औसतमा ६० प्रतिशत मत खसे पनि त्यहाँ ९८ प्रतिशतसम्म मत खसेको भन्दै एमाले उम्मेदवार पद्मा अर्याल र राष्ट्रिय स्वतन्त्र पाटीका टीकराज गुरुङले पुनः मतदानको मागसहित पत्रकार सम्मेलन गरेका थिए । विवाद भएपछि लामो समय मतगणना वा मतदान के हुने भन्ने अन्योलका बीच मतगणना शुरू भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री