काठमाडौं । धार्मिक एवं परम्परागत महत्त्व बोकेको इन्द्रजात्रा पर्वकाे शुरुवात भएको छ । भाद्र शुक्ल द्वादशीका दिनबाट याे पर्व शुरु हुने गर्छ । यो वर्ष याे पर्व शुक्रबारबाट शुरु भएको हो । विशेषत काठमाडौं उपत्यकामा ८ दिनसम्म यो पर्व मनाइने चलन छ । औपचारिक शुरुवात इन्द्रको मूर्तिस्वरुप लिंगो ठड्याएर गर्ने गरिन्छ । 
अाज बिहान हनुमानढोका दरबार क्षेत्रमा लिंगो ठड्याएर यस वर्षको पर्वको शुरुवात गरिएको छ । ०८ः०५ बजेको साइतमा लिंगो ठड्याइएको हो ।
देवराज इन्द्रकी आमा बसुन्धरालाई व्रतका लागि आवश्यक पारिजात फूल टिप्न छोरा जयन्तलाई पठाइउँदा दैत्यले पक्राउ गरेको र जयन्तलाई छुटाउन देवता र दैत्यबीच सङ्ग्राम भई देवताको जित भएको खुशीयालीमा इन्द्रजात्रा मनाउँदै आएको मान्नर् गरिन्छ ।
तपाईंको प्रतिकृया




