काठमाडौं । सरकारी टोलीले ललितपुरका वधशाला अनुगमन गर्दै न्यूनतम् मापदण्ड पूरा नगरेका ४ वटा बधशालामा शिलबन्दी गरेको छ ।
कृषि मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग, पशु सेवा विभाग तथा ललितपुर महानगरपालिकाको संयुक्त टोलीले शुक्रबार बिहानदेखि ललितपुर क्षेत्रका पाँचवटा वधशालाको स्थलगत अनुगमन गरेको जानकारी गराएकाे छ ।
अनुगमन गर्दा न्यूनतम मापदण्ड पूरा नगर्ने ४ वटामा शिलबन्दी गरिएको र एउटालाई सचेत गराइएको कृषि मन्त्री चक्रपाणि खनालका प्रेस संयोजक वाेमलाल गिरीले वताएका छन् ।
शिलबन्दी गरिएका बधशालामा आरके मिट सप, ए वान मिट सप तथा देव खड्गी र सुनिल शाहीले सञ्चालन गरेका रहेका छन् । लक्ष्मी मिट सपलाई भने सचेत गराइएको वतार्इएकाे छ । ती अधिकांश वधशालामा कुहिएका मासु पाइएको थियो ।
तपाईंको प्रतिकृया




