कपिलबस्तु । कपिलबस्तु नगरपालिकामा कांग्रेसका किरण सिंहले ९ हजार २५४ मत ल्याई मेयरमा विजयी भएका छन् । उपमेयरमा पनि कांग्रेसकै लक्ष्मी कसौधन ८ हजार ८६५ मतका साथ विजयी भएकी छन् ।
कपिलबस्तुमा मेयरको दोस्रो स्थानमा स्वतन्त्र छन् । कपिलबस्तु जिल्ला कै बाणगंगा नगरपालिकाको मेयरमा कांग्रेसका मंगलप्रसाद थारु विजयी भएका छन् भने उनले १५ हजार ७३८ मत प्राप्त गरे । उपमेयरमा भने एमाले विजयी भएको छ । उता उपमेयरमा एमालेका चक्रपाणी अर्याल १५ हजार ८९३ मतका साथ विजयी भएका हुन् ।
तपाईंको प्रतिकृया




