माओवादीले खाता खोल्यो, सिन्धुलीबाट लेखनाथ दाहाल विजयी

काठमाडौं । प्रतिनिधिसभा तर्फ नेकपा माओवादी केन्द्रले सिन्धुलीबाट जित सुरु गरेको छ । सिन्धुलीबाट लेखनाथ दाहाल विजयी भएका छन् ।

माओवादीका दाहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहाल एमालेका उम्मेदवार मनोजसंग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका छन् । थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरेको छ ।

यो सँगै माओवादीले प्रतिनिधिसभामा पहिलो जित निकालेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री