काठमाडौं । प्रतिनिधिसभा तर्फ नेकपा माओवादी केन्द्रले सिन्धुलीबाट जित सुरु गरेको छ । सिन्धुलीबाट लेखनाथ दाहाल विजयी भएका छन् ।
माओवादीका दाहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहाल एमालेका उम्मेदवार मनोजसंग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका छन् । थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरेको छ ।
यो सँगै माओवादीले प्रतिनिधिसभामा पहिलो जित निकालेको छ ।
तपाईंको प्रतिकृया




