तनहुँ-२ मा कांग्रेसका भण्डारी विजयी

काठमाडाैँ । तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी ५ हजार ४७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

भण्डारीले ३० हजार ६०४ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार १३० मत पाएको क्षेत्र नम्बर दुई निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले ५ हजार ३७३, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले १ हजार ४२१ मत प्राप्त गरेका छन् । खसेको कुल मत ६८ हजार ८१७ रहेको छ भने ३ हजार ५८१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भण्डारी सोही क्षेत्रबाट पराजित भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री