काठमाडाैँ । प्रतिनिधिसभा तर्फको निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित भएका छन् । कुँवरले १९ हजार ५३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका हुन् ।
बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गरे । स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याए । एकीकृत समाजवादीको यो पहिलो जित हो ।
तपाईंको प्रतिकृया




