उत्साह देखिएन आम निर्वाचनमा (तस्बिर/भिडियो)

काठमाडौँ । आम निर्वाचनमा मतदाताको आशातीत सहभागिता हुन नसकेको देखिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न मतदान केन्द्रमा देखिएको मतदाताको उपस्थितिलाई हेर्दा उत्साह नदेखिएको पाइएको छ ।

विगतका निर्वाचनमा जस्तो मतदातामा उत्साह नदेखिएको सरोकारवालाहरूको भनाइ छ । निर्वाचन शान्तिपूर्ण रूपमा अघि बढेपनि मतदाताहरूको उपस्थिति कम पाइएको छ ।

दलका नेता तथा कार्यकर्ताहरूमा निकै उत्साह देखिए पनि आम मतदातामा खासै उत्साह देखिएन । विगतमा जस्तो यो पटकको चुनावी चहल-पहलमा मतदातामा उत्साह देखिएको छैन ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ७० प्रतिशतभन्दा बढी मतदान हुने बताएका छन् तर, यो लक्ष्य भेटाउन पनि मुस्किल हुने देखिएको छ ।

विगतका चुनावभन्दा यसपालि फरक देखिएको बाल्मिकी विद्यापीठ मतदान केन्द्रको सहायक मतदान अधिकृतले बताए । ‘शान्तिपूर्ण तरिकाले मतदान भएको छ । हुलमा आउनु भन्दापनि मतदाताहरू क्रमशः आएका छन्,’ उनले भने, ‘यहाँ ६० प्रतिशतभन्दा बढी मतदान भएको छ ।’

उनकाअनुसार स्थानीय चुनावभन्दा फरक देखिएको छ । ‘स्थानीय चुनाव घरको मुद्दा उठाउनेलाई चुम्नुपर्ने भएकोले उत्साह बढी थियो तर यो चुनावमा त्यही देखिएन,’ उनले भने, ‘सायद मतदाताले परिवर्तन खोजेको हुनुपर्छ ।’

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री