भोट खसालेपछि प्रचण्डले भने- ‘प्रधानमन्त्रीको लागि गठबन्धनमा कुनै समस्या छैन’

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि अहिलेको गठबन्धनमा कुनै समस्या नहुने बताएका छन् ।

प्रचण्डले चितवन क्षेत्र नं ३ को भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुर मतदान स्थलको क मतदान केन्द्रबाट मतदान गरेपछि पत्रकारमाझ प्रचण्डले अहिलेको निर्वाचन संविधान संस्थागत गर्न ज्यादै महत्त्वपूर्ण रहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीको लागि गठबन्धनमा कुनै समस्या हुँदैन, निर्वाचनपछि पनि गठबन्धन कायमै रहन्छ, सल्लाहमै प्रधानमन्त्री चयन गरिन्छ ।’

दाहालले भरतपुर १४ शान्तिपुर नेपाल प्रहरी विद्यालयको ‘क’ केन्द्रबाट पहिलो मतदान गरेका हुन् । माओवादी अध्यक्ष दाहाल ले आफ्नो चितवन ३ क्षेत्र छोडेर अहिले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री