काठमाडौं । एनआईसी एशिया बैंकमा भिडियो कलबाटत केवाईसी विवरण अद्यावधिक गर्न सकिने भएको छ ।
बैंकको वेबसाइटमा रहेको अनलाइन एप्लिकेसन ट्याब गरी ई–केवाईसी छनोट गरी आफ्नो खाता नम्बर तथा केवाईसी अद्यावधिकको कारण उल्लेख गरी ओटीपी प्राप्त गर्ने एससएमएस वा इमेल वा दुबै विकल्प छनोट गरी पेस गर्नुपर्नेछ ।
त्यसपछि ग्राहकले आफ्नो व्यक्तिगत विवरणहरू भरी अनुकूल समयमा भिडियो कलमार्फत केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सक्ने छन् ।
बैंकिङ समयमा भिडियो कलका लागि समय बुक गरी सो समयमा केवाईसी विवरण अद्यावधिक गर्ने सक्ने बैंकले जनाएको छ ।
भिडियो केवाईसीका लागि कल गर्दा आफ्नो पहिचान खुल्ने पहिचान पत्र, सेतो कागज र कालो/निलो मसी भएको पेनसहित बैंक कर्मचारीले मागे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो कलमार्फत देखाउनुपर्ने बैंकले जनाएको छ ।
यसरी भिडियो–केवाईसीमार्फत केवाईसी विवरण अद्यावधिक गरेपछि ग्राहकले आफ्नो बैंक खाता पूर्ण रूपमा सञ्चालन गर्न सक्ने छन् ।



