मुक्तिनाथ विकासका ग्राहकलाई ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेस्टुरेन्टमा छुट

काठमाडाैं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले सामाखुसीको ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेस्टुरेन्टमा छुट पाउने भएका छन्।

आफ्नो भिषा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन बैंकले उक्त रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।

यस सम्झौतापछि बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले उक्त रेस्टुरेन्टमा फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बताइएको छ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

त्यसैगरी, प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिटेन्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी बैंकका कार्ड प्रयोगकर्ताहरूलाई लेमन ट्री प्रिमियरका विभिन्न सेवामा ३५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहकहरु तथा कर्मचारीहरूलाई काठमाडौं, बुढानीलकण्ठस्थित Lemon Tree …

प्रतिकृया दिनुहॊस