भोजपुर बम विस्फोटको जिम्मा विप्लवले लियो

काठमाडौं । भोजपुरमा भएको बम विस्फोटको जिम्मा विप्लवले लिएको छ । भोजपुरमा भएको टिफिन बम विस्फोट जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको हो ।

मंसिर ४ गते हुने निर्वाचन बहिष्कार अभियान चलाइरहेको विप्लव नेकपाले प्रचण्ड सहभागी हुने चुनावी सभानजिकै बम विस्फोटको जिम्मा लिएको हो । विस्फोटबाट अरुण गाउँपालिका-४, चरम्वीका सुमन श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनी विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको खुलेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आयुर्वेद सेवाको प्रवर्द्धन गर्न पत्रकारसँग अन्तरक्रिया, भोलि औषधिजन्य जडीबुटी मेला

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँले आयुर्वेद सेवाको प्रवर्द्धन गर्न स्थानीय तहका पत्रकारसँग अन्तरक्रिया …

प्रतिकृया दिनुहॊस