थप १४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ५ सय १९ पिसिआर परिक्षणका क्रममा १२ जना र ६ सय ३१ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप १५ जना निको भएका छन् ।

हाल नेपालमा ५ सय ७२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री