निर्वाचनका लागि मात्रै गठबन्धन नगरेकाे प्रचण्डकाे दाबी

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ मंसिरमा हुने निर्वाचन निर्वाचन मात्रै नभएर दुई विचार र सिद्धान्तकाे प्रतिस्पर्धा भएको बताएका छन् । जुम्लामा आयाेजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धन संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रकाे पक्षमा खडा भएको बताए ।

आगामी निर्वाचन संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसकाे विपक्षमा रहेकाबीच हुने उनले बताए । उनले भने, ‘दुई वटा विचार, प्रवृत्ति, संस्कृतिका बीचमा आमनेसामने हुँदै छ ।’ अध्यक्ष दाहालले परिवर्तन र अग्रगमनका पक्षधर र त्यसको विरोधीबीचमा ४ मंसिरमा संग्राम हुने बताए ।

उनले प्रत्येक निर्वाचन कुनै न कुनै राजनीतिक विषयमा केन्द्रित हुने गरेको तथ्य पेश गर्दै यसपटक अग्रगमन र परिवर्तनका पक्षमा उभिने कि नउभिने भन्ने बारेमा केन्द्रित भएको दाबी गरे ।

नेपालमा शान्ति प्रक्रिया सुरू गरेको र १२ बुँदे समझदारीका सहयात्री कांग्रेस नै भएको र अहिले पिन आफूहरू एकै ठाउँमा भएकाले निर्वाचन जित्ने उनले बताए । नेपाली जनताले प्राप्त गरेको अधिकारलाई थप स्थापित गर्न र आर्थिक समृद्धिको चाहना पूरा गर्न पनि केन्द्रित रहेको उनको भनाइ छ।

उनले तत्कालिन एमालेको नेतृत्वमा माधवकुमार नेपाल नै भएकाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको जानकारी दिए ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस