साढे २ अंकले घट्यो नेप्से

मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। आज २.५७ अंकले सेयर बजार ओरालो लागेको हो।

मंगलबार २७ लाख ७३ हजार बढीको सेयर किनबेच हुँदा एक अर्ब पाँच करोड ३१ लाख ३७ हजार बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । २७४ कम्पनीको कारोबार हुँदा ५८ कम्पनीमा वृद्धि भएको छ । आज ११४ कम्पनी घाटामा गएका र १४ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।

मंगलबार लाइफ इन्स्याेरेन्स ५५.९०, गुराँस लघुवित्त वित्तीय संस्था ३४.४० अंकले वृद्धि भएको र शिवम सिमेन्टको आठ करोड ५७ लाख ३२ हजार १२२ रुपैयाको सेयर कारोबार भएको छ। सिटिजन बैंक इन्टरनेसनलमा भने ६ करोड ५८ लाख ५२ हजार ३०५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

मंगलबार फाइनान्स ४.६५, निर्जीवन बिमा २३.४, जीवन बिमा ९३.६१ अंकले बढेको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस