सत्ता प्राप्ति र बहिर्गमनको दौडधुपमा नेताहरू

काठमाडाैँ । आसन्न मंसिर ४ को निर्वाचनलाई लक्षित चुनावी कार्यक्रममा शीर्ष नेतासहित उम्मेदवारको दौडधुप बढेको छ । गत बिहीबारदेखि दोस्रो चरणको प्रचार अभियान सुरू गरेका दल तथा उम्मेदवारहरूले मतदातालाई आफ्नो पक्षमा पार्न भेला र आमसभालाई प्राथमिकतामा राख्दै घरदैलो अभियानमा दौडधुप बढाएका हुन् ।

यसै क्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृह जिल्ला डडेलधुराका नागरिकसँग मत माग्न भ्याई नभ्याई छ । कात्तिक १७ गतेदेखि डडेलधुरामा रहेका सभापति देउवाले जिल्लाका सबै स्थानीय तहमा आमसभा सकेर सोमबार गठबन्धनका उम्मेदवारलाई मत माग्न धनगढी पुग्नुभएको छ ।

गृह जिल्लाको चुनावी सभा सकेर धनगढी पुगेका देउवा त्यहाँका नेता कार्यकर्तासँग भेटघाट गर्ने, पार्टीभित्र देखिएका असन्तुष्टि मेटाउने र गठबन्धनका पक्षमा मत बढाउने कोसिसमा हुनुहुन्छ ।

उहाँले उम्मेदवार चयनका समयमा असन्तुष्ट बनेका र बागी उम्मेदवारी दिएका नेताहरूलाई समेत बोलाएर सम्झाउने र गठबन्धनका उम्मेदवालाई चुनाव जिताउनका लागि खट्न निर्देशन गर्नुभएको छ । नेपाल समाचारपत्रबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after