रेमिट टु नेपालबाट पैसा पठाउने हरि विकले पाए १० ग्राम सुन, ९ जनालाई चाँदी

काठमाडौं । रेमिट टु नेपाल मार्फत रकम पठाएका हरि बिकले १० ग्राम सुन जितेका छन् । ‘चाडपर्वको बहार सुन चाँदी र नगद उपहार’ योजनाअन्तर्गत विभिन्न देशबाट रकम पठाउनेमध्ये दुबईको फेडेरल एक्सचेन्जबाट रकम पठाएका बिकले १० ग्राम सुन जितेका हुन् ।

रेमिट टु नेपालले चाडपर्वलाई लक्षित गर्दै उक्त उपहार योजना ल्याएको थियो । यो योजनाभर विभिन्न देशबाट रकम पठाउने मुमताज आलम मुसलमान, सुनिल कुमार सरदार, विजय कुमार प्रसाद, राम पुकार यादव, टेक लाल थारु, मुस्तफा अमेर कमाल, चित्र बहादुर उलुंगे, नर बहादुर तामाङ र कुल बहादुर कामि १० ग्राम चाँदी जित्ने विजेताको रुपमा छनोट भएका छन् ।

त्यस्तै, यो योजना अन्तर्गत रेमिट टु नेपालले उत्कृष्ट कारोबार गर्ने १६ एजेन्टलाई सुन, चाँदी तथा नगदबाट पुरस्कृत गरेको छ । उपहार योजना भदौ १५ गतेदेखि कार्तिक १५ गतेसम्म चलेको थियो । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होण्डाद्वारा चाडपर्व योजना अन्तर्गत एक भाग्यशाली ग्राहकलाई १० लाख पुरस्कार

काठमाडौँ । होण्डा नेपालले हालै सम्पन्न गरेको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुसीयाली बारबार’ अन्तर्गत …

प्रतिकृया दिनुहॊस