काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सन नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरे।
अब जनता बैंकका ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।
साथै, उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्सका विभिन्न बीमालेखहरु जनता बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुने छ ।
तपाईंको प्रतिकृया




