इमरान खानको प्रेस सम्मेलनको प्रशारण प्रतिबन्ध हटाइने

एजेन्सी । पाकिस्तान सरकारले पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी एण्ड अथारिटी (पीइएमआरए) लाई पीटीआई अध्यक्ष इमरान खानको प्रेस सम्मेलनको प्रशारण वा पुनः प्रशारणमा च्यानलहरूमाथि लगाइएको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।

सूचना मन्त्री मरियम औरंगजेबको कथनलाई उद्धृत गर्दै डनका अनुसार प्रधानमन्त्री सहबाज सरिफले संविधानको धारा १९ (वाक स्वतन्त्रता) अन्तर्गत कानुनी आवश्यकताहरूको निरन्तर कार्यान्वयन सुनिश्चित गर्न मिडिया वाचडगलाई आदेश दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ कि प्रतिबन्ध हटाउने निर्देशन पीइएमआरए अध्यादेश सन् २००२ को धारण ५ अन्तर्गत दिइएको थियो । ‘प्रधानमन्त्रीले इमरान खानको पालाको तीतो परम्पराको अन्त्य गरेर नयाँ परम्परा स्थापित गरेका छन्’, सूचना मन्त्री औरंगजेबले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इसेवाको ब्रान्ड दूत नियुक्त भए कलाकार सुमन कार्की

काठमाडाैं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लि.ले कलाकार सुमन कार्कीलाई ब्रान्ड दूत बनाएको छ …

प्रतिकृया दिनुहॊस