ट्वीटरले हटायो आधा कर्मचारी

एजेन्सी । विश्वका धनाढ्य एलन मस्कले लिएपछि ट्वीटरले आफ्ना ७ हजार ५ सय कर्मचारीमध्ये आधालाई हटाएको छ । कम्पनीले ५० प्रतिशत कर्मचारी कटौती गरेको समाचार संस्था एएफपीले जनाएको हो ।

मस्कले लागत घटाउनको लागि ट्वीटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए । यसअघि ट्विटरका एक मात्र निर्देशक र सीईओ हटाएर मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्यितार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो । यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन् ।

मस्कले अक्टोबर २८ मा ट्वीटरको ४४ अर्ब डलरमा ट्वीटरको स्वामित्व लिएका थिए । स्वामित्वमा लिएपछि मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह–स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस