सिंहदरबार गेटमै मोटरसाइकलले ठक्कर दिँदा परराष्ट्रकी अधिकृतको मृत्यु

काठमाडाैँ । परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । सुब्बालाई बिहिबार सांझ अनामनगरमा मोटरसाइकलले ठक्कर दिएको थियो । उनलाई काठमाण्डौंको मोडल अस्पतालमा उपचारका लागि लगिइएको थियो । सुब्बालाई त्यहां मृत घोषित गरिएको छ ।

परराष्ट्र मन्त्रालयको राष्ट्रसंघ महाशाखामा कार्यरत सुब्बा बिहिबार सांझसम्म कार्यालयको काममा थिईन । कार्यालयको काम सकेर घर फर्कने क्रममा उनलाई सिंहदरबारको पूर्वी गेटमा मोटरसाइकलले ठक्कर दिएको थियो ।

२०६९ मा अधिकृत पदबाट परराष्ट्र सेवामा प्रवेश गरेकी सुब्बाले यसअघि इजरायलस्थित नेपाली दूतावासको उपनियोग प्रमुख समेत भएर काम गरेकी थिइन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्वोच्च अदालतले खारेज गर्‍यो दुर्गा प्रसाईंको रिट

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ । दुर्गा प्रसाईंले गैरकानुनी …

प्रतिकृया दिनुहॊस