चोभारमा सिटिजन्स बैंकको एटिएम संचालन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले काठमाडौँको चोभारमा  एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।  काठमाडौं क्षेत्र नं १० का सभासद राजन के.सी, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले एक समारोहका बीच संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरेका हुन् ।

चोभार क्षेत्र लगायत वरपरका सबै मानिसहरु यस सेवाबाट लाभान्वित हुने बैंकले विश्वास लिएको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ७९ वटा शाखा, ७३ वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिव तीन लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड, भिसा इन्टरनेसनल डलर कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री