काठमाडाैँ । नेपाली युवाहरुको ठूलो संख्याले फलाले गरेको एमआरआर (मेन्स रुम रिलोडेड) ग्रुपलाई फेसबुकको कम्पनी मेटाले निस्क्रिय बनाइदिएको छ । कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेको भन्दै फेसबुकले यो ग्रुपलाई निस्क्रिय बनाइदिएको हो ।
तर, एमआरआरका एडमिनले कुन पोस्टका कारण फेसबुकको कम्युनिटी गाइडलाइन्स उल्लंघन भएको भन्ने खुलाएका छैनन् । फेसबुकमा एडमिनले नै आफ्नो ग्रुप फेसबुकले निस्क्रिय बनाइदिएको जानकारी चाहिँ दिएका छन् ।
पछिल्लो समय राजनीतिक पोस्टहरु पनि हुन थालेको यो ग्रुप यसअघि पनि बारम्बार विवादमा आउने गरेको थियो । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौंका मेयर बालेन्द्र साहको पक्षमा यो ग्रुपमा अत्यधिक धेरै पोस्टहरु हुने गरेका थिए ।
तपाईंको प्रतिकृया




