मनकामनाका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडाैँ । पाल्पाबाट गोरखाको मनकामनाका आउँदै गरेको बस दुर्घटनामा पर्दा पाँच जनाको ज्यान गएको छ । मनकानमना दर्शन गर्न हिंडेका भक्तजन बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

डेढगाउँ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार अहिले उद्धार गर्ने क्रम जारी छ । ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

बसमा सवार ३० जनाको उद्धार गरिएको उनले बताएका छन् । त्यसमध्ये घाइते २५ जनाको उद्दार गरी चितवन ल्याउने तयारी भइरहेकोेपड उनले जानकारी दिए । घटनाको थप विवरण भने आउन बाँकी भएको उनले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप