अञ्जली ‘दिदी’ ले काष्ठमण्डप परिसरमा सामुहिक भाइटीका लगाई दिंदै

काठमाडौँ । काठमाडौँकी अञ्जली मास्के अर्थात ‘अञ्जली दिदीले’ दिदीबहिनी नभएकाहरुलाई यस पटक पनि सामुहिक भाइटीका लगाइ दिने भएकी छन् ।

काष्ठमण्डप परिसरमा उनले सामुहिक भाइटीका लगाइदिने तयारी गरेकी छन् । उनले हरेक वर्ष जस्तै यसपटक पनि भाइटीकाका लागि टीका, माला र सगुनतयारी अवस्थामा राखेकी छन् । पोहोर कोरोना भाइरसको संक्रमणका कारण उनले घरमै टीका लगाइदिएकी थिइन् । परार पनि कोरोनाकै जोखिमका कारण सामुहिक टीका हुन सकेको थिएन ।

दिदीबहिनी नभएका, भाइटीकाका लागि घर जान नभ्याएका वा उनीसँगै टीका लगाउन इच्छुक दाजुभाइका लागि आज बिहीबार भाइटीकाका दिन दिउँसो १ बजे काष्ठमण्डप परिसरमा जान मास्केले आग्रह गरेकी छन् । ७५ वर्ष कटिसकेकी मास्केले २०५५ सालदेखि विधिपूर्वक सामुहिक भाइटीका लगाई दिंदै आएकी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस