डेंगी संक्रमण भएका पत्रकार रानाको निधन

काठमाडाैँ । डेंगीको संक्रमणका कारण रूपन्देहीका पत्रकार टेक मास्की रानाको निधन भएको छ । ३० वर्षदेखि रुपन्देहीलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशील रानाको बिहान निधन भएको हो ।

डेंगी संक्रमणसँगै जण्डिस, निमोनिया र मिर्गौलामा समेत समस्या देखिएपछि उनलाई असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको थियो । मास्की रानाको बिहान उपचारकै क्रममा अस्पतालमै निधन भएको पत्रकार महासंघ रूपन्देहीका सचिव बिनोद परियारले जानकारी दिए ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा नं ३ बारिचौर स्थायी घर भएका मास्की रानाले रूपन्देहीबाटै पत्रकारिताको सुरूआत गरेका थिए । नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व कार्यसमिति सदस्य रहेका मास्की राना लुम्बिनी प्रदेश कमिटि सदस्य तथा रेडियो जागरण बुटवलको समाचार प्रमुख रहेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पोखरा महानगरमा अख्तियारको छापा, कागजात नियन्त्रणमा

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले …

प्रतिकृया दिनुहॊस