आयोगलाई भीम रावलको प्रश्न- शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला ?

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले निर्वाचन आयोगको पछिल्लो निर्णय प्रति व्यङ्ग्य गर्दै शीर्ष नेताहरूलाई अहिले नै विजयी घोषणा गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा बुधबार बिहान नेता रावलले कसैलाई मतदान गरौँ वा नगरौँ भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ? भन्दै टिप्पणी गरेका हुन् ।

  • उनले भनेका छन्-

केही नेताहरूलाई पुनः मतदान नगरौँ भनी प्रचार गर्नेहरूलाई निर्वाचन आयोगले कडा सजाय गर्ने भन्ने समाचार पढ्दै गर्दा एमालेको दसौँ महाधिवेशन, चितवनमा विद्युतीय मतदान उपकरणमा गोप्य रहनुपर्ने मतपत्र बाहिर ल्याई म लगायतका केही उम्मेदवारलाई मत नदिनु भनी खुला प्रचार गरिएको सम्झना भयो ।

कसैलाई मतदान गरौँ वा नगरौँ भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला? यद्यपि आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरुद्ध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सदस्यता विवाद नसुल्झिदाँसम्म निर्वाचन प्रक्रिया अघि नबढाउन प्रेस युनियनको चेतावनी

काठमाडौँ । नेपाल प्रेस युनियनले विधि बमोजिम सदस्यता विवाद नटुङ्ग्याई निर्वाचनमा गए नेपाल पत्रकार महासङ्घको …

प्रतिकृया दिनुहॊस