अश्लिल भएको भन्दै ‘कथा काठमाण्डु’को प्रोमो हटाउन बोर्डको निर्देशन

काठमाडाै । चलचित्र ‘कथा काठमाण्डु’को प्रोमो अश्लिल भएको भन्दै चलचित्र विकास बोर्डले युटुबबाट हटाउनका लागि निर्देशन दिएको छ । युटुबमा अश्लिल दृश्य सहितको प्रोमो प्रदर्शन भैरहेको भन्दै तत्काल हटाउन बोर्डले निर्देशन दिएको हो ।

साे प्राेमाेमा नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरिविचका शारीरिक सम्बन्ध राख्दै गरेको दृश्यले यो चलचित्रलाई विवादमा ल्याएको हाे । चलचित्र विकास बोर्डले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले तत्कालै हटाउन निर्देशन दिएको हो ।

विकास वाेर्डले यदि प्रोमो नहटाइएको खण्डमा कारवाही गर्ने चेतावनी समेत दिएको छ । बोर्डले यो पत्र वोधार्थको रुपमा संचार तथा सूचना प्रविधी मन्त्रालयको श्रव्यदृश्य शाखामा पनि पठाएको छ । असोज १२ गतेबाट चलचित्र रिलिज हुँदैछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अनिषालाई ‘मिस हृयुमानिटी’को उपाधि

काठमाडौं । कम्बोडियामा आयोजित मिस प्लानेट प्रतियोगितामा नेपालकी अनिषा पराजुलीले ‘मिस हृयुमानिटी’को टाइटल चुम्नुभएको छ …

प्रतिकृया दिनुहॊस