२७ भदौ, काठमाडौं । अाज पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । यो भूकम्प भारतमा गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतमा गएको भूकम्पका कारण पूर्वी नेपालका जिल्लामा पनि धक्का महसुस भएको छ । आसाममा ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हाे । भारतीय सञ्चार माध्यमले भने ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको प्रारम्भिक रिपोर्ट आएको जनाएका छन् ।
पश्चिम बंगाल, बिहार, आसाम, अरुणाचल प्रदेश, मणिपुर, नागाल्याण्ड दार्जिलिङ, जलपाइगुडीका साथै नेपालको पूर्वी क्षेत्र र भुटानमा समेत भूकम्पको धक्का महसुस भएको छ।
तपाईंको प्रतिकृया




