पहाडी क्षेत्रमा पश्चिमी वायुको प्रभाव, हल्का वर्षाको सम्भावना

मनसुन बाहिरिएसँगै मुलुकका पश्चिमी पहाडी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव परेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका थोरै स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ।

राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

बिहीबार सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको आँकलन गरिएको छ भने बाँकी क्षेत्रमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री