निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा एक जना उम्मेदवारले प्रचार–प्रसार गर्न पाउने खर्चको हिसाबले देशका १६५ निर्वाचन क्षेत्रलाई ५ समूहमा विभाजन गरेको छ।
पहिलो समूहमा रहेका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले मात्र २५ लाख रुपैयाँ खर्च गर्न पाउनेछन्।
दोस्रो समूहमा रहेका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले निर्वाचन प्रचार–प्रसारमा २७ लाख रुपैयाँ खर्च गर्न पाउनेछन्।
तेस्रो समूहमा रहेका ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले जनही २९ लाख रुपैयाँसम्म प्रचार–प्रसारमा खर्च गर्न पाउनेछन्।
चौंथो समूहमा रहेका ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म प्रचार–प्रसारमा खर्च गर्न पाउनेछन् ।
पाँचौं समूहमा रहेका २६ वटा निर्वाचन क्षेत्रमा उम्मेदावरले भने ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।
उम्मेदवारले प्रचार–प्रसारमा ३३ लाख रुपैयाँ खर्च गर्न पाउने २६ निर्वाचन क्षेत्रमा ताप्लेजुङ–१, पाँचथर–२, संखुवासभा–१, सोलुखुम्बु–१, खोटाङ–१, दोलखा–१, रामेछाप–१, काभ्रेपलाञ्चोक–१, काभ्रेपलाञ्चोक–२, मकवानपुर–१, मकवानपुर–२, गोरखा–१ र लमजुङ–१ रहेका छन् ।
यस्तै प्रतिनिध सभा निर्वाचन क्षेत्र अर्घाखाँची–१, रोल्पा–१, प्यूठान–१, दाङ–१, बर्दिया–१, बर्दिया–२, सल्यान–१, डोल्पा–१, हुम्ला–१, जाजरकोट–१, बझाङ–१, डोटी–१ र बैतडी–१ का उम्मेदवारले पनि ३३ लाख रुपैयाँ खर्च पाउनेछन् ।
प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा कम खर्च काठमाडौंका उम्मेदवारले गर्नुपर्ने
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रचार–प्रसारमा सबैभन्दा कम खर्च काठमाडौं जिल्लाको १० वटा निर्वाचन क्षेत्रका उम्मेदारले गर्नु पर्नेछ। निर्वाचन आयोगले उक्त प्रचार–प्रसार सम्बन्धि खर्च निर्धारण गरेको हो ।
देशका १६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम खर्च काठमाडौं जिल्लामा उम्मेदवारी दिनेले गर्नुपर्ने आयोगले जनाएको हो।
आयोगका अनुसार काठमाडौं जिल्लामा रहेका १० वटा निर्वाचन क्षेत्रमध्ये ५ वटामा उम्मेदवारी दिने प्रत्येकले बढीमा २५ लाख रुपैयाँ र बाँकी पाँच वटामा उम्मेदवारी दिने प्रत्येकले २७ लाख रुपैयाँ खर्च गर्न पाउनेछन्।
उम्मेदवारले प्रचार–प्रसारमा २५ लाख रुपैयाँ खर्च गर्न पाउने काठमाडौंका पाँच निर्वाचन क्षेत्रमा १, ३, ६, ७ र ८ रहेका छन् ।
यस्तै, उम्मेदवारले प्रचार–प्रसारमा बढीमा २७ लाख रुपैयाँ खर्च गर्न पाउने काठमाडौंका पाँच निर्वाचन क्षेत्रमा २, ४, ५, ९ र १० रहेका छन् ।
निर्वाचन आयोगले उम्मेदवारले खर्च गर्न पाउने हिसाबले देशका १६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई ५ समूहमा विभाजन गरेको छ।
पहिलो समूहमा रहेका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २५ लाख रुपैयाँ, दोस्रो समूहमा रहेका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २७ लाख रुपैयाँ, तेस्रो समूहमा रहेका ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख रुपैयाँ, चौंथो समूहमा रहेका ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँ र पाँचौं समूहमा रहेका २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख रुपैयाँ खर्च गर्न पाउनेछन्।




