नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४३ जनाको पीसीआर परीक्षणमा ४५ जना र ९८० जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो। सो अवधिमा कसैको मृत्यु भएको छैन।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २२ जना निको भएका छन्। हाल देशभर ५९८ जना सक्रिय संक्रमित रहेका छन्।
तपाईंको प्रतिकृया




