करेन्ट लगाएर माछा मार्ने ३ जना पक्राउ

काठमाडाैं । दैलेखको लोहोरे खोलामा करेन्ट लगाएर माछा मार्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार उनीहरूलाई खोलामा करेन्ट लगाई माछा मारिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

दैलेखका विभिन्न खोला तथा नदीहरूमा करेन्ट लगाई, विष्फोटक पदार्थ तथा विषालु पदार्थको प्रयोग गरी माछा मार्ने गरेको स्थानीयको गुनासोका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखबाट आज खटिई गएको प्रहरीको टोलीले नारायण नगरपालिका-९ बासकोट स्थित लोहोरे खोलामा विद्युतीय धार (करेन्ट)बाट माछा मारिरहेको अवस्थामा दैलेखको डुङ्गेश्वर गाउँपालिका २ बस्ने वर्ष १७ का लक्ष्मण तिरुवा, डुङ्गेश्वर गाउँपालिका १ बस्ने वर्ष १९ को राजन थापा मगर र वर्ष १८ का मनोज गाहा मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

उनीहरूको साथबाट १२ भोल्टको १ थान ब्याट्री, पावर ईन्भट, २ थान जाल, माछा राख्ने कोर्की, बासको टाँगा लाठी र माछा अन्दाजी ७ केजी बरामद गरी जलचर संरक्षण ऐन २०१७ विपरीतको कार्य गरेकोले निजहरूलाई र बरामद गरिएका सामानहरू समेत आवश्यक कारबाहीको लागी जिल्ला प्रशासन कार्यालय दैलेखमा पेस गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री