सानिमा बैंक अब ठिमी र कपनमा

काठमाडाैं । सानिमा बैंक लिमिटेडले ठिमी र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाहरुको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका सञ्चालक भरत कुमार पोख्रेलले संयुक्त रुपमा गरेका हुन् ।

समारोहमा मह जोडीले ठिमी र कपनमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए । सानिमा बैंकको देशका सातै प्रदेशमा १२९ कार्यालयहरु र १२० वटा एटीएम संजालहरु सञ्चालनमा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस