आमा र काकाको हत्या, भाग्दै गर्दा पक्राउ

काठमाडाैं । झापाको कमल गाउँपालिकाका एक युवकले आमा र काकाको हत्या गरेका छन् । गए राति (शनिबार) साढे १० बजेतिर कमल गाउँपालिका–२ सिमलडाँगीका २३ वर्षीय चन्द्र माझीले आमा र काकाको हत्या गरेका हुन् ।

माझीले सुतिरहेका ५० वर्षीय काका सन्तबहादुर माझीमाथि पहिला हतियार प्रहार गरेका थिए । त्यसपछि अर्को कोठामा सुतिरहेकी ५० वर्षीया आमा चन्द्रकला माझीमाथि हतियार प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ । हतियार प्रहार गरी भाग्दै गर्दा चन्द्र माझीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री