कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिको संयोजकमा प्रकाशशरण महत मनोनित

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतलाई निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको संयोजकमा मनोनित गरेका छन् ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै महतलाई संयोजक मनोनित गरिएको जानकारी दिए ।

विज्ञप्तिमा उल्लेख छ, ‘सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतलाई ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९, केन्द्रीय प्रचारप्रसार समिति’को संयोजकमा मनोनयन गर्नुभएको छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धनुषामा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु, आक्रोशित स्थानीयले जलाए बस

काठमाडाैं । धनुषाको धनौजीमा स्कुल बसले किच्दा विद्यालय जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ …

प्रतिकृया दिनुहॊस