प्रभु बैंकका ग्राहकलाई बज विस्ट्रो एण्ड बारमा १५ प्रतिशत छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र नक्साल स्थित बज विस्ट्रो एण्ड बारबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र बज विस्ट्रो एण्ड बारका तर्फबाट प्रोप्राइटर विशेषता लिम्बुले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र रेष्टुरेन्टबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले बज विस्ट्रो एण्ड बारद्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

सम्झौता अन्तर्गत बज विस्ट्रो एण्ड बारमा सुविधा लिन चाहने ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, बज विस्ट्रो एण्ड बारका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री