सांग्रिला मोटर्सले ल्यायो ‘ड्राइभ नाउ, पे लेटर’ अफर

काठमाडाैं । सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले चाडपर्वको समयमा आफ्नो सबैभन्दा ठूलो अफर ‘ड्राइभ नाउ, पे लेटर’ ल्याएको छ ।

दशैं, तिहार र छठ भर मान्य हुने यो चाडपर्व अफर, यस वर्षको सबैभन्दा ठूलो र आकर्षक अफर भएको कम्पनीको दाबी छ ।कम्पनीले प्युजो वा सिट्रोन कार किन्ने जो कोहीलाई क्रमशः १६.५० लाख र १५.५० लाख रुपैयाँको लाभ प्रदान गरिने जनाएको छ ।

त्यसैगरी, सिट्रोन वा प्यूजो दुवैले आफ्ना ग्राहकलाई सात लाख रुपैयाँ छुट, एक वर्षको निःशुल्क बीमा, चार महिनाको ब्याजसहित निःशुल्क ईएमआई र एक वर्षसम्म सडक कर निःशुल्क उपलब्ध गराउँदै छन् ।

चाडपर्वको अफर सिट्रोनको सी ५ एयरक्रस मोडलमा र प्यूजोको ३००८ अल्यूर डिजेल मोडलका लागि मात्र मान्य रहने कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमएडब्ल्यू ग्रुप फोटोन ग्लोबल अवार्ड्स २०२४ बाट सम्मानित

काठमाडौं । एमएडब्ल्यू ग्रुपले प्रतिष्ठित फोटोन ग्लोबल अवार्ड २०२४ मा दुई महत्त्वपूर्ण सम्मान प्राप्त गरेको …

प्रतिकृया दिनुहॊस