प्रभु बैंकका ग्राहकले पोखराको क्रेभ रेष्टुरेन्टमा आकर्षक छुट पाउने

काठमाडाैं । प्रभु बैंक लिमिटेड र पोखरास्थित क्रेभ रेष्टुरेन्टबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट हरीचोक शाखा कार्यालय प्रमुख सुनीता गुरुङ र क्रेभ रेष्टुरेन्टका तर्फबाट प्रोप्राइटर मिलन थकालीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकले क्रेभ रेष्टुरेन्टद्धारा सञ्चालित “फुड” सेवामा १० प्रतिशत छुट पाउनेछन् ।

सम्झौता अन्तर्गत क्रेभ रेष्टुरेन्टमा सुविधा लिन चाहनेले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, क्रेभ रेष्टुरेन्टका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने विश्वास छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस