९ वर्ष जेल सजाय काटेर छुटेका थिए गोठाटारमा हत्या गरिएका मृतक मोहम्मद

काठमाडौँ । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको गोली हानी हत्या गरिएको छ । अज्ञात समूहले उनको टाउको, छाती र पेटमा गोली हानी हत्या गरेको हो ।

प्रत्यक्षदर्शीकाअनुसार मोटरसाइकलमा आएका २ जनाले गोली हानी फरार भएका थिए । त्रिवि शिक्षण अस्पतालमा पर्‍याइएका अन्सारीलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । बा ६ च ५१५२ नम्बरको मोटर चढेर आएका मोहम्मदलाई गोठाटारको जम्बुडाँडामा रहेको उनको गार्मेन्ट फ्याक्ट्री अघि सोमबार गोली प्रहार गरिएको थियो ।

मृतक ५७ वर्षिय अन्सारी सर्लाहीको गौडैता नगरपालिका १० मनहरवाका स्थायी बासिन्दा हुन् । केही वर्षअघि परिवारका साथ काठमाडौंमा बस्दै आएका अन्सारीको विगत भने आपराधिक पृष्ठभूमि रहेको देखिन्छ ।

पटुवा हत्यामा संग्लन
२०६४ असार २० गते काठमाडौंको अनामनगर धोबीखोलामा साँझ बाराका बलराम पटुवाको गोली हानी हत्या गरियो । हत्या आरोपी ५ मध्ये मध्ये प्रहरीले ‘थापाजी’ भनिने लाल मोहम्मद र पप्पु गुप्तालाई तत्काल पक्राउ गर्यो ।

घटनाका आरोपी मुन्ना खान भनिने इल्ताव हुसेन अन्सारी भने दुई वर्षपछि २०६६ मा पक्राउ परे । ती मध्येका मध्येका वाहिद खान १० वर्षपछि मात्रै ३० असोज २०७५ पक्राउ परे ।

तर पक्राउ परेपछि उनै वाहिद खान विजयकुमार श्रीवास्तव भएको भन्दै उनकी पत्नीले नागरिकता पेस गरेकी थिइन् । प्रहरीले सर्लाही प्रशासनबाट उक्त नागरिकताको बैधानिकता जाँच गर्दा खाले नक्कली नागरिकता निकालेर आफ्नो परिचय बदलेको पुष्टी भयो । उनले परिचय बदलेर गार्मेन्ट उद्योग चलाइरहेका थिए ।

प्रहरीको अनुसन्धान अनुसार मारिएका बलराम पटुवा र पक्राउ परेका तीन जनाविच भारतीय जाली नोट कारोबारमा विवाद भएको थियो । त्यही विवादमा मारिएका थिए, पटुवा । प्रहरीको अनुसन्धान भन्छ, ‘जाली नोट कारोबारमा सक्रिय पटुवाले सूचना चुहाउन थालेपछि उनको हत्या गर्ने र उनको स्थानमा वाहिदलाई राख्ने योजना उक्त समूहको थियो ।’ प्रहरीका अनुसार गार्मेन्ट व्यवसायको आडमा वाहिद, मोहम्मदलगायत समूहले पाकिस्तान, बंगलादेशबाट नक्कली भारतीय नोट ल्याएर कारोबार गर्ने गरेका थिए ।

उनीहरु अदालतबाट दोषी ठहर भई जेल चलान भए । लाल मोहम्मद करिब ९ वर्ष जेल बसेर ९ साउन २०६४ मा कैद सजाय भुक्तान गरे निस्किए । जेलबाट निस्किएपछि लाल मोहम्मदले गार्मेन्ट व्यवसाय सुरु गरे । एभेन्जर इन्टरप्राइजेज नामक गार्मेन्ट कम्पनी चलाइरहेका थिए ।

स्रोतका अनुसार १० वर्षपछि पक्राउ परेका वाहिद खान उर्फ विजयकुमार श्रीवास्तव पक्राउ पर्नमा मोहम्मदको हात थियो । पक्राउ परेपछि चाँडै छुट्न सकिन्छ भन्ने आशा राखेका मोहम्मद बाहिरबाट कसैले सहयोग नगरेपछि वाहिदप्रति आक्रोशित बनेका थिए । काठमाडौंको गोकर्णेश्वरमा गार्मेन्ट चलाइरहेको मोहम्मदको सूचनापछि उनी पक्राउ परेका थिए ।

त्यसो त उनीमाथि ‘अन्तर्राष्ट्रिय आतङ्कवादी’ दाउद इब्राहिमसँग जोडिएर नक्कली कारोबारमा लागेको आरोप पनि लाग्ने गरेको थियो । स्रोतका अनुसार उनको पाकिस्तानी नागरिक एजाजसँग पनि उनको राम्रो सम्बन्ध रहेको स्रोतको भनाई छ । सिकन्दर, तमाच, अस्लाम लगायत नामका व्यक्तिमाथि यो घटनासँग जोडेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी नेतृ तथा गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ । सांसद गौतमको बुधबार राति काठमाडौंमा निधन भएको हो । अस्वस्थ भएपछि उनलाई राति ग्राण्डी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । सांसद गौचनको हृदयघातका कारण निधन भएको हुन सक्ने बताइए पनि कारण भने अझै खुलाइएको छैन ।

प्रतिकृया दिनुहॊस