काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार आठ सय ८२ जनाको नमुना परीक्षण गर्दा ५९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस अवधिमा एक सय ६१ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिले एक हजार आठ सय ३० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
गएको २४ घण्टामा कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिको विवरण प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तपाईंको प्रतिकृया



