सेगवे नेपालले ल्यायो दसैँ अफर

काठमाडाैं । नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आईहवले आगामी दशैं, तिहार र छठको अवसरमा ग्राहकहरुलाई आकर्षक छुट र पुरस्कारहरू उपलब्ध गराएको छ ।

यो अफर नेपालका सबै सेगवे ई–स्कुटरका लागि मान्य हुनेछ । ‘यो दशै÷तिहार सेगवेको साथ उपहार ७’ अफर नेपालमा सेगवेको दुईपाङ्ग्रे सवारी साधनको आक्रमक बजार रणनीति र विस्तारको निरन्तरता हो । सेगवेले नेपाली ग्राहकका लागि विविधता र गुणस्तर दुवै सुनिश्चित गरी उत्पादन उपलब्ध गराउने योजना बनाएको छ ।

यस अफरमा ग्राहकहरुले कुनै पनि सेगवेको उत्पादन खरिद गर्दा, रु. १०,००० नगद छुटका साथै अन्य पुरस्कारहरू जित्न सक्नेछन् । साथमा निःशुल्क बीमा र सडक कर पनि हुनेछ । साथै, ग्राहकहरूले लक्की ड्र मार्फत विभिन्न पुरस्कारहरू जित्ने अवसरहरू पनि प्राप्त गर्नेछन् । लक्की ड्र मार्फत २ जनाले किक स्कुटर, २ जनाले स्मार्ट फोन र ५ जनाले स्मार्ट घडी जित्नेछन् । साथै एक्सचेन्ज सुविधापनि रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री