काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नक्साअनुसार गरेको मार्किङका आधारमा उत्खनन गर्दा टुकुचा खोला भेटिएपछि प्रशंसा भएको छ । मेयर बालेन शाहले थालेको अभियानअन्तर्गत राजनीतिक दलका नेतादेखि आम नागरिकबाट प्रशंसा भएको हो ।
मेयर शाहको कामलाई धेरैले स्वागतयोग्य भनेका छन् । नागरिकको साथ भएका मेयरले टुकुचा खोला भेटेपछि शीर्ष नेता र नागरिक अगुवाहरुको पनि साथ भएका छन् । उत्खनन गर्दै जाँदा जय नेपाल हलको कम्पाउन्डमा १५ फिट खन्नेबित्तिकै टुकुचा खोला भेटिएको हो ।
नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब थियो । विगत लामो समयदेखि स्थानीयहरूले खोला अतिक्रमण गरेर संरचनाहरू निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेका थिए । टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर विभिन्न स्थानमा खनेको थियो ।
गत साउन १२ गते काठमाडौँ महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो । महानगरले सूचना जारी गरेको लामो समयसम्म पनि कसैले नहटाएपछि महानगर आफैँ टुकुचा खोलाको खोजीमा जुटेको थियो । महानगर टुकुचा खोलाको नक्सा सङ्कलन गर्दै मार्किङ सुरु गर्दा काठमाडौँको जमलमै रहेको जय नेपाल सिनेमा हलले नै मिचेको देखेपछि बिहीबार डोजर लिएर पुगेको हो ।
बिहीबार टुकुचा खोला भेटिएपछि सामाजिक सञ्जालमा उनको कामको प्रशंसा भएका हो । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मृत प्रायः बनेका नदीलाई पुनर्जीवन दिने मेयर शाहको कदमको खुलेर प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्- ‘काठमाडौँ मनपालाई व्यवस्थित गर्ने, मृत प्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहको पहल प्रशंसनीय छन् ! फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् ! अतः निश्चित ठाउँ समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ !’
काठमाण्डौ मनपालाई व्यवस्थित गर्ने,मृतप्रायःबनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर@ShahBalenका पहल प्रशंसनीय छन्!फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ।तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउॅमा व्यवसाय गर्न बाध्य हुन्छन्!अतःनिश्चित ठाउॅ /समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ!
— Baburam Bhattarai (@brb1954) September 16, 2022
यस्तै नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पनि उनको कामको प्रशंसा गरेका छन् । ‘टुकुचा खोलाको पुनर्जन्म ! भू-माफियाहरुको मिठो भोजन बनेको टुकुचा ! त्यसैका लागि त सिंहदरबारको अधिकार स्थानीय तहमा । तब पो अधिकार सहितको संविधानको निर्माण । विश्वास छ आमालाई सुरक्षित राख्न अवश्य सकिन्छ योग्य सन्तानहरूको प्रतीक्षा थियो,’ उनले भनेका छन् ।
टुकुचा खोलाको पुनर्जन्म !!! भूमाफियाहरुको मिठो भोजन बनेको टुकुचा !!! त्यसैका लागि त सिंहदरवारको अधिकार स्थानीय तहमा । तव पो अधिकार सहितको संविधानको निर्माण । विश्वास छ आमालाई सुरक्षित राख्न अवश्य सकिन्छ योग्य सन्तानहरुको प्रतीक्षा थियो ।
— Chandra Bhandari (@chandra_1961) September 16, 2022
राप्रपा नेपालका अध्यक्ष कमल थापाले हराएको टुकुचा खोला खोज्ने साहसिक कामको लागि धन्यावाद दिएका छन् । ‘बालेन सुनितालाई धन्यवाद । सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ,’ उनले अगाडि भनेका छन्, ‘काठमाडौँका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस् । शुभकामना ।’
स्याबास बालेन! स्याबास सुनिता!
हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि @ShahBalen @SunitaDangol10 लाई धन्यवाद
सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडि खेलेको रमाईलो सम्झना अझै ताजा छ। काठमाडौंका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस्। शुभकामना pic.twitter.com/ctetHU8dWo— Kamal Thapa (@KTnepal) September 16, 2022
कनकमणि दीक्षितले ‘भूमिगत जान बाध्य टुकुचा (इच्छुमति) ले गजबसँग सास फेर्न पाइन आज’ भनेका छन् । सामाजिक सञ्जालमा रमेश, दीपक भट्टराई, नवराज पन्त, लक्ष्मण घिमिरेलगायत धेरैले बालेनको कदमको प्रशंसा गरेका छन् ।
भूमिगत जान वाद्य टुकुचा (इच्छुमति) ले गजबसंग सास फेर्न पाइन आज। मेयर बालेन र टिमलाई धन्यवाद।
कुन राजाको निगाहामाँ कुन अंचलाधीशको समय भएको थियो यो ?
सीमेन्ट ढलान नभई इँटाको गुम्बज हेर्दा त्यही कालको काम हो यो।https://t.co/TMl45pjOid— Kanak Mani Dixit (@KanakManiDixit) September 15, 2022
बालेनले टुकुचा खोलुन्, अझ त्यो चीनिया दूतावासदेखि मा~थि न्युरो अस्पतालसम्मै खोलुन्, चाँदबागको जग्गा सरकारमा ल्याउन्, बुनपाको मेयरले खहरे खोलुन्, महालक्ष्मीका मेयरले कर्मनाशा खोलुन् अनि मनहरा फाँट मध्यपुर, ललितपुर र काठमाण्डौँले मिलेर फिर्ता ल्याउन्! गज्जब हुन्थ्यो।🙏#ImwithBalen
— रामेश (@RaameshKoirala) September 15, 2022
बालेनले हराएको टुकुचा खोजे। म अब आशाबादी छुकी एकदीन डोजर लिएर एउटा मान्छे आउछ र हराएका सुन , लडाकुका पैशा, सरकारी जग्गा हडेपेर कमाएका, न्याय बेचेर कमाएका पैसा,कमीसनका पैशा सबै मा डोजर चलाउछ एक एक गरेर निकाल्छ।
शुभ बिहानी।— Deepak Bhattarai (@bhtdeepak) September 16, 2022
टुकुचामा लाजिम्पाट बालुवाटार माथि देखिकै पानिओइरिन्छ! नारायणीहिटी संग्राहलयको उत्तरपुर्बी कर्नरमा गाडि डुब्ने गरि ताल पर्छ!यदि ३००mmपानी पर्योभने टुकुचाको बाढिले बागबजार पुतलीसडकका सबै घर डुब्नसक्छ!कामपाको मेयरले डोजर लगाएर टुकुचा फराकिलो बनाएर महान काम गरेकाछन फोटो:@balen_shah1 pic.twitter.com/btokixVdnV
— Panta Nava Raj PhD (@nepalherald) September 15, 2022
प्रतिकृया दिनुहॊस