अशोक लेल्यान्डको चाडपर्व अफर

काठमाडौं । आइएमई मोटर्सले दसैँ र तिहारलाई लक्षित गरी अशोक लेल्यान्ड गाडीहरू खरिदमा ‘हर्षको बहार : लैजानुहोस् छानीछानी उपहार’ अफर ल्याएको छ । अफरअन्तर्गत साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाइल फोन अथवा दुईजानले थाइल्यान्ड टुर प्राप्त गर्नेछन् ।

आईसीभी/ट्रक/टिपर/ आईसीभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा दुईजानाले सिंगापुर टुर प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

एम एण्ड एचसीभी/ट्रक/टिपर/एमडीभी बसमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा एकजानले युरोप टुरमध्ये एक छानेर लिन सक्नेछन् ।

उपहारसहित ३० प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी ७० प्रतिशत रकमलाई सरल किस्ताबन्दीमा भुक्तानी गर्ने गरी जुनसुकै सवारीसाधनहरू खरिद सक्ने कम्पनीले जनाएको छ । अफर कमर्सियल भेहिकलका सम्पूर्ण सवारीसाधनहरूमा उपलब्ध हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री