काठमाडौँ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै १ बजेका लागि सारिएको हो ।
आजको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको बताएको छ । कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
हेर्नुस् सूचना:-
तर नेताहरुकाअनुसार प्रतिनिधिसभाको कानुन न्याय मानव अधिकार समितिले टीआरसी बिधेयकको प्रतिवेदन आज प्रतिनिधि सभामा पेश गर्ने वातावरण बनाउन प्रतिनिधि सभाको बैठक सारिएको हो । कानुन समितिको बैठक सिंहदरवारमा केही बस्दैछ ।
तपाईंको प्रतिकृया



