चाेलेन्द्रसँग समितिले लियो ४३ वटा प्रश्नमा आधारित बयान

काठमाडौँ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सोध्न तयार पारेका ४३ वटै प्रश्न सोधेको छ । समितिले आइतबारसम्म ३५ वटा प्रश्न सोधेकोमा मंगलबारको बयानका क्रममा बाँकी रहेका ८ प्रश्न पनि सोधेको छ ।

समितिले भदौ १५, १६ र १९ मा बयान लिएको थियो । समितिले अबको क्रममा जबरासँग प्रतिप्रश्न गर्नेछ । यद्यपि यससम्बन्धमा समितिको आगामी बैठकले निर्णय लिनेछ । अबको प्रक्रियाबारे थप निर्णय गर्न समितिको बैठक बुधवार बिहान ९ बजेका लागि डाकिएको समितिले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री