काठमाडौं । लक्ष्मी बैंक र क्राउन लेब्रोटरी एण्ड रिफरल सेन्टर (के– ल्याब) बीच नेपाल अधिरज्यभर न्यूनतम मूल्यमा गुणस्तरीय प्रयोगशाला सेवा उपलब्ध गराउने उद्देश्यसहित सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र के–ल्यावका तर्फबाट कान्ति थापाले हस्ताक्षर गरे ।
सम्झौता अनुसार लक्ष्मी बैंकका ग्राहक एवं कर्मचारीहरुले के–ल्यावले प्रदान गर्ने विभिन्न सुविधाहरुमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् ।
लक्ष्मी बैंकका ४६ जिल्लाहरुमा ९० शाखा, ३ वटा हस्पिटल काउन्टर, १०६ एटिएम तथा२५०० रेमिट्यान्स एजेन्ट तथा ५१ शाखारहित बैकिङ्गएजेन्टहरु रहेका छन् ।
तपाईंको प्रतिकृया



